Wednesday, February 16, 2022

के नेपालकाे छुट्टै डिजिटर करेन्सि अाउला त

 काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नै भर्चुअल मुद्रा (डिजिटल करेन्सी) ल्याउने तयारी गरेको छ । हाल प्रयोगमा रहेको भाैतिक मुद्रालाई विस्थापित गर्दै त्यसलाई भर्चुअल रुपमा प्रस्तुत गर्ने गरी राष्ट्र बैंक अघि बढेको हो ।

त्यसका लागि ‘कन्सेप्ट पेपर’ तयार भइसकेको जनाइएको छ । पछिल्लो पटक विश्वमा क्रिप्टोकरेन्सी, डिजिटल करेन्सीको निकै चर्चा चलिरहेको छ ।

यस्तोमा क्रिप्टोकरेन्सीलाई अवैध कारोबार भन्दै आएको राष्ट्र बैंकले आफ्नै डिजिटल करेन्सी ल्याउन तयारी गरेको हो । त्यसका लागि सार्क राष्ट्र अन्तर्गतका केन्द्रीय बैंकहरूको प्रतिनिधि सहितको समूहले कन्सेप्ट पेपर तयार पारेको राष्ट्र बैंकका सह-प्रवक्ता नारायणप्रसाद पोखरेलले बताए ।

‘नेपाल राष्ट्र बैंकको अध्यक्षतामा सार्क राष्ट्रका केन्द्रीय बैंकहरूका प्रतिनिधि सहितकाे टाेलीले अध्ययन गरी कन्सेप्ट पेपर तयार पारेको हो,’  उनले भने, ‘जसअनुसार केन्द्रीय बैंकले मनी सर्भर स्थापित गरी त्यसमार्फत मुद्रा जारी गर्नेछ ।’

‘राष्ट्र बैंकले क्रिप्टोलाई करेन्सीको रुपमा मान्दैन,’ उनले भने, ‘क्रिप्टोकरेन्सीका लागि त्यसमा करेन्सीको फिचर हुन आवश्यक छ । जुन क्रिप्टोमा छैन । क्रिप्टो जो कोहीले किनबेच गर्नसक्ने र भ्यालु बढ्दै जाने हुन्छ । याे सरकारी मुद्राभन्दा पूर्ण रुपमा फरक हो । त्यो हुँदा हाल राष्ट्र बैंकले जारी गर्ने प्रिन्टेड मुद्राको सपोर्टमा डिजिटल भर्चुअल करेन्सीको तयार गर्न लागिएको हो ।’

हुन त अहिले पनि डिजिटल माध्यममार्फत नै कारोबार हुने गरेको छ । तर, त्यसरी हुने कारोबार पनि प्रिन्टेड मुन्द्रामा आधारित नै रहेकाे बताउँदै सहप्रवक्ता पाेखरेलले भविष्यमा फिजिकल करेन्सी नछाप्ने गरी प्रक्रिया अघि बढ्ने बताए ।

त्यसका लागि राष्ट्र बैंकले छुट्टै मनी सर्भरमार्फत मुद्रा जारी गर्नेछ । जुन बैंक वित्तीय संस्था हुँदै क्लाइन्टमा पुगेर डिजिटल कारोबार हुने उनले बताए ।   स्राेत : अनलाइन खबर

Monday, May 10, 2021

अस्पतालको लापरबाहीले बिरामीको ज्यान गयाे

 तनहुँ : उपचारका लागि ल्याइँदै गर्दा आइतबार तनहुँमा कोभिड १९ का संक्रमितको ज्यान गएको छ। संक्रमणबाट भानु नगरपालिका–१ का ६५ वर्षीय पुरुषको ज्यान गएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ।

वैशाख १० गते काठमाडौंबाट घर आएका ती पुरुषको स्वास्थ्यमा समस्या भएपछि पोखरास्थित ओम अस्पतालमा पिसिआर परीक्षण गर्दा नतिजा पोजिटिभ आएको भानु नगरपालिका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिए।

‘उपचारको लागि पोखरा, दमौलीलगायत अस्पतालमा आउने जाने चलिरहेको थियो, आज पुनः श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल लगिएको केही समयमा ज्यान गएको हो,’ भट्टराईले भने।

अस्पतालले समयमा कोभिडको बिरामीको भर्ना नलिएर घर फिर्ता पठाएको परिवारका सदस्यहरुको आरोप छ। ‘११ बजे अस्पतालमा ल्याइपुर्याएको भएपनि अस्पताका चिकित्सकले पिपिई लगाउन समय लगाएको र समयमा बिरामीलाई नहेरिदिदाँ एम्बुलेन्समै ज्यान गएको हो,’ मृतकका छोरा सुनिलले भने, ‘दमौली अस्पतालमा पहिलो पटक बिरामी ल्याइएको होइन, हामीले बुवालाई बढी समस्या भएपछि नजिकको अस्पताल भनेर यहाँ ल्याएका थियौं, अस्पतालले समयमा भर्ना लिएन र ज्यान गयो।’

मृतकका परिवारले रातिमा भएको चिकित्सकले माफी माग्नुपर्ने माग राखेका छन्। रातमा ड्युटीमा रहेका चिकित्सकले बिरामीको भर्ना नलिएका उनीहरुको गुनासो छ। अस्पतालले भने बचाउने अवस्था नरहेकाले रिफर गर्न अवस्था पुगेका बेला मृत्यु भएको जनाएको छ।

प्रेसर र सुगरका बिरामीसमेत रहेका ती पुरुषको दमौली अस्पतालमा उपचार क्रममा ज्यान गएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए।

अधिकारीका अनुसार संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बस्दै आएका ती पुरुषको स्वास्थ्यमा समस्या भएपछि अस्पताल ल्याइएको हो। ‘संक्रमित पुरुषको शव व्यवस्थापनका लागि कालीभन्जन गण (ई) लाई पत्र पठाएका छौं, उहाँहरु आएर शवको व्यवस्थापन गर्नुहुनेछ,’ अधिकारीले भने।

यससँगै कोरोना संक्रमणबाट तनहुँमा ज्यान गुमाउनेको संख्या २८ पुगेको छ। पहिलो चरणको कोरोना संक्रमणबाट २५ र दोस्रो चरणको संक्रमणबाट ३ गरी जिल्लामा कुल २८ संक्रमितको ज्यान गएको छ।

शवको व्यवस्थापनका लागि अहिले बैठक बसिरहेको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ।

Monday, March 29, 2021

बाँदरलाई जङ्गलमै भुलाउन फलफूल खेती


१७ चैत, दमौली । तनहुँको म्याग्दे गाउँपालिका-२ का श्यामलाल श्रेष्ठ बाँदर आतङ्कले हैरान छन् ।बाँदरले खेतबारीमा आएर बाली खाइदिने गरेपछि उनी मात्र होइन, उमाचोकका अधिकांश कृषक पीडित छन् । खेतबारीमा आएर बाली खाइदिनुका साथैघरमै आएर पनि अन्नबाली नष्ट गर्ने क्रम बढ्दैगएको श्रेष्ठको गुनासो छ । ‘खेतमाकाम गर्न गएको बेलामा बाँदरलेआक्रमण पनि गर्ने गरेको छ, बाँदर आतङ्कबाट हैरानै भइयो”,श्रेष्ठले भने, ‘बाँदर आतङ्कबाट छुटकारा चाहिएको छ ।’

Sunday, May 7, 2017

चुनाब बिदाकाे जरुरी सुचना

सरकारले यही वैशाख ३१ गते हुने पहिलो चरणको
स्थानीय तहको निर्वाचनका लागि वैशाख २५ गतेदेखि ३१ सम्म
प्रदेश नं। ३, ४ र ६ का ३४ जिल्लाका सबै शिक्षण संस्थालाई
बिदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी निर्वाचनका दिन
वैशाख ३१ गते सबै सरकारी कार्यालय, अर्धसरकारी र सार्वजनिक
संस्थानमा सार्वजनिक बिदा दिइने जनाएको छ । रासस

Thursday, June 16, 2016

के गर्नु हजुर जमाना यस्ताे अायाे केटी ः कता हो bro हरु यस्ताे handsome

केटी ः कता हो bro हरु यस्ताे handsome भयर हामिलाई त बाल नै नदिने????
केटा : कता हुनुनी आफ्नै बाटो हिडेकाे देखैनाै??
केटी :: किन लजाको हो त्यसरी हामी संग  किन डराएको ??
केटा : हामिहरुलाई धैरै नहेप है  तिमी हरु काे घरमा दिदिबहिनी छैनन्  क्या हो ????

Tuesday, June 14, 2016

मेराे याे फाेटाे कस्ताे छ त? मन परेमा १ क्लिक गरिदिनु ल lllll

मेरो अरु थप फाेटाे हेर्न छेउको फेसबुक लाेगाेमा क्लिक गर्नुहाेला