Tuesday, February 16, 2016

यसरी नेपाली फुटबल टिम उत्कृष्ट बनेको छ र स्वर्ण जित्नुको मुख्य रहस्यहरु

पूर्व जर्सी नम्बर ६ राजुकाजी शाक्यको प्रशिक्षणमा नेपालले दक्षिण एशियाली खेलकुद प्रतियोगितामा स्वर्ण जितेको छ । नेपालले उपाधी जित्नुका ६ कारण के के हुन सक्लान् : नवयुगकोे सनसनी नेपालका नवयुग श्रेष्ठ त्यति मार्क गरिएका खेलाडी थिएनन् । जुमानु राई र अनिल गुरुङको बढ्दो उमेरका कारण नेपाली टोलीलाई भरपर्दा स्टाइकरको खाँचो थियो । विमल घर्तीमगर स्ट्यान्ड बाई थिए । तर यसपटक नवयुग श्रेष्ठले विमलको ख्यातीलाई समेतपछि छाडे । अब, नेपालबाट गोल खान्ने स्टाइकरको खाँचो नवयुग श्रेष्ठ र विमल घर्तीमगरले पूरा गर्नेछन् । यसअघि बंगबन्धु गोल्डकपमा ४ गोल गरेका नवयुगले यस प्रतियोगितामा ७ गोल गरे । उनले भुटान र माल्दिभ्स विरुद्ध ह्याटिक गरे अनि फाइनलमा पनि समर्थकहरुको अपेक्षा पूरा गर्दै निर्णायक गोल गरे । आर्मी क्लबमा मेघराज केसी प्रशिक्षक भएर आएपछि नवयुगले क्लबका प्रमुख खेलाडी तथा कप्तान भरत खवासको भन्दा पनि राम्रो खेले । उनी राष्टिय लिगमा समेत सर्वाधिक गोलकर्ता थिए । युवा खेलाडीको वचश्र्व केही महिनाअघि काठमाडौँमै सम्पन्न यू–१९ साफ च्याम्पियनसिपमा नेपालको युवा टोलीले फाइनलमा भारतलाई नै हराएर उपाधी जितेको थियो । त्यतिबेला टोलीमा रहेका अनन्त तामाङ, दिनेश राजवंशी, कमल श्रेष्ठ, सुनिल बल, अन्जन विस्ट र विमल घर्तीमगर अहिले नेपाललाई स्वण जिताउने टोलीमा छन् । उनीहरुबाहेक टोलीका अन्य खेलाडीको उमेर पनि त्यति धेरै छैन् । अनुभवी प्रशिक्षक नेपाली प्रशिक्षकले ठूला प्रतियोगितामा टोली सम्हाल्न सक्दैनन् भनिन्छ । तर महत्वपूर्ण समयमा नेपाली प्रशिक्षकले नै टोलीलाई उपाधी जिताएका छन् । १९९३ मा नेपाली टोली धनबहादुर बस्नेतको प्रशिक्षणमा थियो । त्यतिबेला कप्तान रहेका राजुकाजी शाक्य यसपटक नेपाली टोलीको प्रशिक्षक रहे । उनी १९८४ मा पनि नेपालले दक्षिण एशियाली खेलकुदमा स्वर्ण जित्दा टोलीका महत्वपूर्ण सदस्य थिए । नेपालका लागि पहिलो अन्तर्राष्टिय फुटबल म्याच खेल्ने टोलीका सदस्य राजुकाजी नेपाली फुटबललाई नजिकबाट बुझेका व्यक्ति हुन् । संकटको घडीमा नेपाली फुटबललाइ उतार्न उनको महत्वपूर्ण भूमिका रहदैँ आएको छ । १९९३ मा पनि स्टार खेलाडी गणेश थापा टोलीमा नपर्दा उनले आफ्नै कप्तानीमा नेपाललाई उपाधीतर्फ डोहोर्याका थिए । गणेश थापासँग राम्रो सम्बन्ध भएका राजुकाजीले संयोगवस् यसपटक गणेश थापा १० वर्षको प्रतिबन्धमा परेपछि फेरि नेपाललाइ उपाधी जिताएर नेपाली फुटबलको भविष्य उज्वल रहेको प्रमाणित गरे । ५५ वर्षका शाक्यले खेलाडी र प्रशिक्षक समेतको भूमिकामा रहेर झन्डै ४० वर्ष उनले नेपाली फुटबलमा बिताइसके । युवा कप्तान नेपाली टोलीका कप्तान विराज महर्जन अनुभवी खेलाडी हुन् । तर उनको उमेर त्यति धेरै भने छैन् । पूर्व कप्तान सागर थापा र पूर्व उपकप्तान सन्दीप राई म्याच फिक्सिंग प्रकरणमा परेपछि नेपाली टोलीको डिफेन्स कमजोर हुन्छ कि भन्ने आशंका धेरैमा थियो । अहिले विराजको कमाण्डमा अन्य डिष्फेन्डरहरुले राम्रो खेल्दै त्यो आशंकालाई पनि चिरेका छन् । वंगबन्धु गोल्डकप र सागमा स्व्र्ण जिताएका विराज अब लामो समय नेपालको कप्तान हुनेमा सन्देह नहोला । नेपालका गोलकिपर विकेश कुथु , मिडफिल्डर विशाल राई, विक्रम लामा, प्रकाश बुढाथोकी र अन्जन विस्ट तथा विमल घतीमगरको प्रदर्शन पनि प्रतियोगितामा उत्कृष्ट रह्यो । दबाब थिएन घरेलु मैदानमा भारतलाई जति दबाब थियो । त्यति दबाब नेपाली टोलीलाई थिएन किनकी नेपाली फुटबल पछिल्लो समय संक्रमणबाट गुज्रिएको छ । अझै, नेपालका ५ खेलाडीहरु म्याच फिक्सिंग प्रकरणमा परेपछि घरेलु समर्थकहरु फुटबलबाट टाढिन थालेका थिए । त्यसैले फुटबलबाट दशर्कहरुको अपेक्षा घट्दै जाँदा खेलाडीहरुलाई पनि विगतको जस्तो दबाबको भारी थिएन । पदकको खडेरी सन् १९९३ मा नेपालले प’रै दक्षिण एशियाली खेलकुदमा स्वर्ण विहिन बनेर फर्कनुपर्ने खतरा रहेका बेला फुटबलतफ एकमात्रै स्वर्ण जितेको थियो । त्यतिबेला नेपालले फाइनलमा भारतलाई नै हराएको थियो । यसपटक पनि अहिलेसम्म नेपालले प्रतियोगितामा केवल २ स्वर्णमात्रै जितेको अवस्थामा पुरुष फुटबलले अर्को स्वर्ण थप्दै स्वर्णसंख्या ३ पुर्याएको छ । नेपाली टिम गोलकिपर : विकेश कूथू , एलान न्यौपाने र अमृत चौधरी डिफेन्डर : आदित्य चौधरी, अनन्त तामाङ, विराज महर्जन, दिनेश राजवंशी, मानबहादूर तामाङ, कमल श्रेष्ठ मिडफिल्ड : विक्रम लामा, विशाल राई, हेमन गु्रुङ, जगजित श्रेष्ठ, प्रकाश बुढाथोकी फरवार्ड : अन्जन, विमल , नवयूग , रन्जन विस्ट, सुनिल बल, सुनिल लामा

No comments:

Post a Comment