Sunday, February 28, 2016

सेल्फी खिच्ने क्रममा नदीमा खसेकी किशोरी अझै बेपत्ता

सेल्फी खिच्ने क्रममा नदीमा खसेकी किशोरी अझै बेपत्ता February 29, 2016 मोबाइलबाट फोटो खिच्ने क्रममा नारायणी नदीमा बेपत्ता भएकी नवलपरासीको गैंडाकोटकी विस्मृती ज्ञवालीको अवस्था अझै थाहा हुन सकेको छैन । उहाँको खोजी भैरहेको प्रहरीले जनाएको छ । सेल्फी खिच्ने क्रममा आइतबार दिउँसो ढुङगाबाट चिप्लिएर उहाँ नदीमा बेपत्ता हुनुभएको हो । विस्मृतीसँगै नदीमा खसेकी गैंडाकोटकी नम्रता सापकोटालाई भने प्रहरीले आइतबार नै उद्दार गरेको छ । चितवन भरतपुरमा पढ्ने उनीहरु आइतबार कलेज छुटेपछि नारायणी नदीमा घुम्न गएका थिए । नदी किनार नजिकैको ढुंगामा उभिएर सेल्फी खिच्ने क्रममा विस्मृती नदीमा खस्नुभएको थियो । उहाँलाई बचाउन जाँदा नम्रतालाई पनि बगाएको थियो । नम्रताको उतिखेरै उद्दार गरिएपनि विस्मृतिको अवस्था अझै थाहा हुन सकेको छैन ।

No comments:

Post a Comment