Wednesday, March 2, 2016

छोटो मिठो प्रेमकथा पढ्न नछुटाउनुहोला

धेरै बर्ष पछि अचानक बाटोमा धोका दिने प्रेमि र धोका पाएको प्रेमीकाको भेट भयो । धनी प्रेमीले आफ्नो आलिसान गाडी पार्क गर्यो अनि गरिब प्रेमीका संग भन्यो जाँउ त्यो गार्डनमा बसेर कुरा गरौं। जाँदा जाँदै धनको घमण्ड भएको प्रेमी ले गरिब प्रेमीका लाई भन्यो :- "तिमी अनि मेरो बिचमा अहिले पनि धेरै फरक छ। हेर आफूलाई.. तिमी पहिले नि यस्तै थिएउ अहिले नि यस्तै छौ । म कहाँ पुगे, अनि तिमी कहाँ रहिरहेउ। जाँदा जाँदै गरिब प्रेमीका अचानक रोकिन्। धनी प्रेमिले सोध्यो :- के भयो ? ? गरिब प्रेमीकाले भनी :- तिमिले केही सुन्यौ ? तब धनी प्रेमि पछाडी फर्कियो अनि पाँचको सिक्का उठाउदै भन्यो :- यो त मेरो सिक्काको आवाज हो। तर गरिब प्रेमीका एउटा काँडे तारको जाली भए तिर गोईन । अनि जालि भित्र अड्किएको परेवालाई बाहिर निकालेर उडाइ दिइन । धनी प्रेमि ले आतुर हुँदै सोध्यो :- "तिमीले परेवाको आवाज सुनेउ "? तब गरिब प्रेमीका ज्यादै नम्र भएर बोली " तिमी अनि मेरो बिचमा यहि त फरक छ । तिमीले 'धन' को आवाज सुनेउ, अनि मैले 'मन'को आवाज सुने" । अनि यहीँ साँचो पनि हो नोट :- माया लाइ धन को महल मा न दाज्नु होस तपाई धनि भए पनि तपाई को मन अरु संग मिल्न सकेन भने तपाई कहीले खुशी हुन सक्नु हुन्न ।

No comments:

Post a Comment