२७ फागुन , दमौली
पछिल्लो समय दमौलीमा फुटबलको क्रेज बढ्दै गएको छ ।विभिन्न क्लव तथा संस्थाले दमौलीमा समय समयमा फुटबल प्रतियोगिता संचालन गर्ने गरेका छन् । यसैक्रममा व्यास २ स्थित बागबजार युवा क्लवले समेत फागुन २९ गतेदेखि प्रथम बागबजार कप आयोजना गर्ने भएको छ ।
‘खेल खेलाडीका लागि, खेलाडी राष्ट्रको लागि’ भन्ने नारा सहित सेभेन ए साईड फुटबल प्रतियोगिता आयोजना गरिएको क्लवले जनाएको छ ।
प्रतियोगितामा विजेता हुनेलाई ६० हजार ६ सय ६६ र उपविजेतालाई ३० हजार ३ सय ३३ रुपैया प्रदान गरिने बताइएको छ ।

No comments:
Post a Comment