Sunday, February 14, 2016

भोलि सोमबार नेपालले फाइनलमा भारतलाई उसकै होम ग्राउण्डमा हराएर देखाउने--

गुवाहाटीः १२ औं दक्षिण एसियाली खेलकुद
(साग) फुटबलको उपाधिका लागि नेपालले
सोमबार भारतसँग प्रतिस्पर्धा गर्दैछ ।
नेपाली फुटबलको हरेक स्पर्धामा तगारो बन्दै
आएको भारतलाई यसपदक जितेर छाड्ने
नेपालका प्रशिक्षक राजुकाजी शाक्यले बताए

‘हाम्रो योजना भारतलाई हराएर स्वर्ण
जित्नु हो । सेमिफाइनलमा माल्दिभ्सलाई
हराएपछि टोलीका सबै खेलाडीको मनोबल
उच्च छ’ नेपाली प्रशिक्षक राजुकाजी शाक्यले
भने, ‘नेपाली खेलाडीले जस्तोसुकै कठिन
अवस्थामा पनि राम्रो खेल्न सक्छन् भन्ने
उदाहरण यही सागमा देखिएको छ ।’
भारत बलियो टोली भएकाले उसको घरेलु
मैदानमा सर्मथन उसलाई मिले पनि गोर्खाली
पनि कम नरहेको सन्देश दिइछाड्ने शाक्यले
बताए । टोलीका कप्तान विराज मर्हजनले
नेपाली फुटबलमा नयाँ बहार ल्याउन आफुहरु
तल्लीन रहेको बताए ।
‘फुटबलमा विरलै देखिने नेपाल र
माल्दिभ्सबीचको भिडन्तले हामीलाई थप
उत्साहित बनाएको छ’, उनले भने, ‘भारतलाई
हराएर नेपाली फुटबलमा नयाँ आयाम थप्न सबै
खेलाडी एकढिक्का भएर खेल्नेछौं ।’
निकै तनावपूर्ण र रोचक सेमिफाइनल खेलमा
नेपालले अतिरिक्त समयको अन्तिम मिनेटमा
निर्णायक गोलगर्दै नेपाल साग स्वर्णको
नजिक पुगेको हो ।
सेमिफाइनलमा माल्दिभ्सलाई ४–३ गोलले
हराउँदा फुटबलमा देखिने सबै तनाव र
रोमान्स नेपाली टोलीले भोगोको थियो ।
गुवाहाटीस्थित इन्दिरा गान्डी
स्टल्दिभ्सेडिममा शनिबार साँझ भएको
प्रतिस्पर्धात्मक खेलमा नेपालले बलियो
प्रतिद्वन्दी माल्दिभ्सलाई एकसय २० औं
मिनेटमा पुगेर हराएपछि भारतका सर्मथकले
समेत नेपालले उपाधि जितेर छाड्ने दावी
गरेका छन् ।
नेपाल साग फुटबलमा १७ बर्षपछि फाइनलमा
पुगेको हो । नेपाले यसअघि सन् १९८४ र
१९९३ को साग फुटबलमा स्वर्ण पदक
जितेको थियो । भारतले भने सेमिफाइनलमा
बंगलादेशलाई ३–० गोलले हराएर नेपालसँग
उपाधि भिडन्त पक्का गरेको थियो ।
माल्दिभ्सबिरुद्ध ह्याट्रिक गरेका नवयुग
श्रेष्ठले भारतविरुद्ध झनै बेजोड खेलखेल्ने दावी
गरे । माल्दिभ्सविरुद्ध नवयुगले नै एकसय २०
औं मिनेटमा चमत्कारिक गोल गर्दै नेपाललाई
स्वर्ण नजिक पुर्याएका हुन् ।
जारी साग फुटबलमा प्रशिक्षक शाक्यको
संयोग र भूमिका पनि छुट्टै रहेको छ । नेपालले
सागमा पुरुष फुटबलतर्फ सन् १९९३ मा
स्वर्ण पदक जित्दा शाक्य टोलीका कप्तान
थिए ।
त्यसपछि सन् १९९९ को साग फुटबलमा
नेपालले रजत जित्दा उनी टोलीको सहायक
प्रशिक्षक थिए । शाक्यले मुख्य प्रशिक्षकको
रुपमा आफुले साग फुटबलको उपाधि दिलाउन
पाए नेपाल र आफ्नाका लागि त्यो भन्दा ठूलो
उपहार अरु केही नहुने बताएका छन् ।

No comments:

Post a Comment