Saturday, February 13, 2016

स्वदेशमै पनि त गरे हुदो रै छ नि तनहुँका एक युवाले आफै उद्योग खोले

तनहुँको शुक्लागण्डकी नगरपालिका–३ साँखरका सन्तोष सिग्देलले एक करोड रूपैयाँ लगानी गरेर नेपाली कागजको उद्योग खाेलेका छन् । गत वैशाख महिनादेखि १० रोपनी क्षेत्रफलमा उद्योग स्थापना गरी सुरुवात गरेका सिग्देलले हाल दैनिक दुई हजारदेखि तीन हजारको (ताऊ) सङ्ख्यामा नेपाली कागज उत्पादन गर्दै आएको बताए । तनहुँ जिल्लासँगै लम्जुङ, गोरखा, कास्की, चितवनमा समेत कागजको माग भइरहेकोले बजारको समस्या समेत नरहेको उनले उल्लेख गरे । गाउँघरमै पाइने बाबियो, अर्गेलीको बोक्र्रा, लोत्तालगायतको कच्चा पदार्थबाट नेपाली कागज बनाउने गरिएको छ । कच्चा पदार्थलाई भूस दाउराले पकाउने, कास्टिक सोडा राखेर त्यसलाई पखाल्ने, सफा गर्ने, त्यसपछि मिक्चरमा राखेर पेल्ने र पेलेपछि लेदो पदार्थ निस्कन्छ । त्याे लेदोलाई भ्याक्ट बाकसमा हालेर कच्चा कागजको तह बनाउने र त्यसलाई झिकेर कपडाको जालीमा राखेर सुकाएपछि कागज तयारी हुने सिग्देलले जानकारी दिए । उद्योगमा एक हजार ९०० वटा कागज सुकाउने पाता राखिएको छ ।

No comments:

Post a Comment