आठौं खैरेनीटार महोत्सव २०७२ हुन्े l तनहुँ, तनहुँ उद्योग वाणिज्य संघ खैरेनीटार बजार इकाई समितिको आयोजनामा आठौं खैरेनीटार महोत्सव २०७२ संचालन गर्ने भएको छ । आठौं खैरेनीटार महोत्सव २०७२ यही चैत्र २८ गते देखि २०७३ वैशाख ९ गते सम्म गर्ने निर्णय तनहुँ उद्योग वाणिज्य संघ खैरेनीटार बजार इकाई समितिको कार्यसमिति बैठकले गरेको हो । आर्थिक, सामाजिक, खेलकुदको विकास, कृषि तथा पर्यटनको प्रबद्र्धन खैरेनीटार महोत्सव कला, सीप र संस्कृतिको संरक्षण भन्ने मूल उद्देश्यका साथ महोत्सव भव्य एवं सभ्य रुपमा सम्पन्न गर्नको लागि सभापति श्री अर्जुन कुमार श्रेष्ठको मूल संयोजकमा गर्न लागिएको हो ।
No comments:
Post a Comment