क्यामिन र श्याम्घा गाविसलाई व्यास
नगरपालिकामा गाभ्न सिफारिस
दमौली २९ माघ । व्यास नगरपालिका संग
सिमाना जोडिएको क्यामिन र श्याम्घा
गाविसलाई व्यास नगरपालिकाम गाभ्न
सिफारिस गरिएको छ ।
स्थानीय विकास अधिकारी अन्जन न्यौपानेको
अध्यक्षमा बिहिबार बसेको सर्वदलीय
संयन्त्रणको बैठकले सो निर्णय गरेको हो ।
सर्वदलीय बैठकमा सहभागी अखण्ड नेपाल
पार्टीका केन्द्रीय सदस्य एवं तनहुँका
कार्यवाहक सभापति देवीबहादुर बस्नेतले
जानकारी दिए अनुसार दुवै गाविसलमा ३–३
वडामा राख्नका लागि सिफारिस गरिएको छ
।यि दुवै गाविस व्यास नगरपालिकामा
गाभिएको खण्डमा व्यासनगरपालिकामा २०
वटा वडा कायम हुनेछ ।
बैठकमा सहभागी बस्नेतले जानकारी दिए
अनुसार जामुने ,मनपाङ, र छाङ गाविसलाई
गाँभेर म्याग्दे नगरपालिका निर्माणका लागि
सर्वदलीय बैठकले सिफारिस गरेको छ ।
स्रोत सेतिमादि दैनिक
No comments:
Post a Comment