१२औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत शनिबार बिहान सिलोङमा भइरहेको महिला फुटबलमा नेपालले श्रीलंकविरुद्ध ४-० को जीत निकालेको छ ।
प्रमुख स्ट्राईकर अनु लामा बिना नै मैदानमा उत्रिएको नेपालले श्रीलंका विरुद्ध सहज जीत निकाल्न सफल भएको हो। सिलोङस्थित जवहरलाल नेहरु स्टेडियममा भएको समूह चरणको अन्तिम खेलमा नेपालका लागि माया लिम्बूको क्रसलाई बचाउने क्रममा श्रीलंकन डिफेन्डरले गोल गर्न पुगेपछि नेपालले अग्रता लिएको थियो ।

पहिलो हाफ १-० मा टूंग्याएको नेपालले दोस्रो हाफमा तीन गोल थपिसकेको छ। नेपालका लागि ५१ औं मिनेटमा सावित्रा भण्डारीले गोल गरिन्। २-० को अग्रता लिएको नेपालले त्यसपछि आक्रमक खेल खेलिरहेको छ ।
नेपालका लागि ६३ औं मिनेटम सावित्राले नै अर्को गोल थप्दै अग्रता तेब्बर पार्न सफल भइन् । खेलको ७९ अौं मिनेटमा सपना लामाले गोल गर्दै ४-० को अग्रता दिलाइन् ।
यसअघि बिहीबार भएको समूह चरणको तेस्रो खेलमा नेपालले भारतसँग गोलरहित बराबरी खेलेको थियो ।
गत आइतबार भएको समूह चरणको दोस्रो खेलमा नेपाली महिला फुटबल टोलीले माल्दिभ्सलाई २-० गोलले पराजित गरेको थियो
नेपालले पहिलो खेलमा बंगलादेशलाई ३-० गोलले हराएको थियो। नेपाल ६ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ ।
No comments:
Post a Comment