साँगे २८ चैत । पृथ्वीराजमार्गको कोत्रे दमौली सडकखण्ड अन्तर्गत हिजो दिउँसो पौने १२ बजे जामुने गाविस वडा नं –३ दुर्गा मन्दिर नजिक ग १ त २२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा व्यास –६ साँगे निवासी ११ बर्षिय समिर अधिकारी रहेका छन् । मृतक अधिकारीलाई उपचारका लागि दमौली अस्पताल पुरयाइएको थियो ।अस्पताल पुरयाउने वितिकै अधिकारीलाई डाक्टर मृत घोषित गरेका थिए । त्यस्तै सोही दुर्घटनामा परी व्यास –६ साँगे निवासी ट्याक्टर चालक २६ बर्षिय दिपेन्द्र वि.क. ,सोही ठाउँ निवासी १६ बर्षिय सरोज थापा , १८ बर्षिय टेकबहादुर मानन्धर घाइते भएका छन् । घाइते तीन जना मध्ये वि.क र थापाको दमौली स्थित रत्नहरी अस्पतालमा उपचार भईरहेको छ भने मानन्धरको दमौली अस्पतालमा उपचार भईरहेको छ ।दुर्घटनाग्रस्त ट्याक्टर सडकबाट करिब २० मिटर तल खेतमा खसेको थियो ।
No comments:
Post a Comment