
दमौलीः व्यास–१ भादगाउँस्थित सेती नदीमा पौडी खेल्ने क्रममा डुबेर एक किशोर वेपत्ता भएका छन् । आदिकवि भानुभक्त क्याम्पसमा कक्षा ११ मा अध्ययन गर्ने बैदी–९ दरैटारका १६ वर्षीय प्रेम थापा शनिबार दिउँसो नुहाउने क्रममा नदीमा वेपत्ता भएका हुन् छाब्दी खोला र सेती नदी मिसिएको ठाउँ छाला फ्याक्ट्रीनजिकैबाट उनी वेपत्ता भएको उनका आफन्त नन्दु थापाले जानकारी दिए । पाँचजना सँगै नुहाएकामा थापा डुबेपछि साथीहरुले प्रयास गरे पनि जोगाउन नसकेको उनले जानकारी दिए । घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका जवानहरु थापाको खोजीमा जुटेका छन् ।
No comments:
Post a Comment