Saturday, April 2, 2016

किन महिलाको सर्टको बटन देब्रेपट्टी हुन्छ ? जान्न चाहानु हुन्छ ?

पूरुषको सर्टको बटन दाइनेपट्टी हुन्छ तर महिलाको देब्रेपट्टी ।खासमा किन यस्तो हुन्छ भनेर कहिल्यै अनुमान लगाउनुभएको छ । यसका पछाडी मानिसको दिनचर्या जोडिएको छ वा शारिरीक वनावट वा ऐतिहासिक कारण यो जान्नका लागि तलका मननयोग्य तर्क पढ्नुहोस ।
पहिलो तर्क
भनिन्छ , पहिला पहिलो पूरुषहरु आफैँ कपा लगाउथेँ । तर महिलाले आफै कपडा लगाउँदैन थिए । त्यतिबेला उनीहरु अधिकांश समय दाहिने हातले काम गर्थे । त्यसैले बटन लगाउन अफ्टेरो नहोस् भनेर महिलाको बटन देब्रेपट्टी राखियो ।
दोस्रो तर्क
पूरुषलाई बटन खोल्न वा लगाउन देब्रे हात चलाउनुपथ्र्यो । त्यसैले उनीहरुको बटन दाईनेतर्फ छ । महिलाको हकमा ठीक उल्टो हुने हुनाले देब्रेतर्फ बटन राखियो ।
तेस्रो तर्क
पहिला पूरुष र महिलाको कपडामा थुप्रै भिनता हुन्थे । तर अहिले झन्डै उस्तै हुन्छन् । त्यसैले महिला र पूरष्ष्षको कपडामा थोरै भएपनि अन्तर राख्न यसो गरिएको हो ।
चौथो तर्क
इतिहाससँग जोडिएका केही तथ्यका अनुसार महिलाको सर्टको बट देब्रेतर्फ राख्न नेपोलियन बोर्नापाटले आदेश दिएका थिए । भनिन्छ, नेपोलियन सधैँ आफ्नो एक हात सर्टमा राखेर खडा हुन्थे । तर उनको यो शैलिलाइ महिलाले मजाक बनाए । यो पत्तो पाएपछि नेपोलियनले महिलालाइ रोक्नका लािग देब्रेतर्फ उनीहरुको बटन लगाउन आदेश दिए । त्यसपछि कपडा लगाउँदा महिलालाई अफ्टेरो हुन्थ्यो ।

No comments:

Post a Comment