अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले
नेपाललाई निलम्बन गर्ने स्पष्ट संकेत दिएको
छ । विश्व क्रिकेटको सर्वोच्च निकायले
बिहीबार नेपाली क्रिकेटसँग संलग्नहरूलाई
पत्र पठाई बाध्यकारी कदम चाल्न आईसीसी
अगाडि बढ्नुपर्ने स्थिति आएको जनाएको छ ।
आईसीसीका ग्लोबल डेभलपमेन्ट प्रमुख टिम
एन्डरसनले राष्ट्रिय खेलकुद परिषद्का सदस्य
सचिव केशवकुमार विष्ट, सरकारद्वारा गठित
नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष रमेश
सिलवाल र सरकारको निर्वाचनलाई
बेवास्ता गर्दै निर्वाचनबाट चुनिएका
क्यानका महासचिव अशोकनाथ प्याकुर्यालको
नाममा पत्राचार गरी यस्तो चेतावनी
दिएको हो ।
मंसिरको अन्तिममा चतुरबहादुर चन्दको
अध्यक्षतामा क्यानको निर्वाचन भएको
थियो । आफ्नो स्वीकृतिबिना भएको
चुनावलाई नमानेका कारण त्यसलाई सरकारले
मान्यता दिएको छैन । प्याकुर्याल त्यही
क्यानका महासचिव हुन् । पुस १८ गते राखेपले
सिलवालको अध्यक्षतामा अर्को क्यान गठन
गरेको थियो । त्यसविरुद्ध प्याकुर्याल
सम्मिलित क्यानले सर्वोच्च अदालतमा मुद्दा
हालेको थियो, जसको अझै निर्णय भएको छैन।
२०१५ को नोभेम्बर ८ मा गरेको पछिल्लो
पत्राचारपछि क्यानको स्थिति अझ दयनीय
भएको जनाउँदै एन्डरसनले नेपाल पठाएको
पत्रमा भनेका छन्,‘नेपालको सर्वोच्च
अदालतको निर्णयबारे हामी अझै स्पष्ट हुन
सकेका छैनौं । यो स्थिति समाधान नभएपछि
नेपाली क्यानले क्रिकेटको सर्वोच्च
निकायको हिसाबमा कार्य गर्न पाउने छैन ।
यो एउटा दुर्भाग्यपूर्ण अवस्था हो । यो
रहेसम्म नेपाली क्रिकेटले ठूलो मूल्य
चुकाउनुपर्नेछ ।’ एन्डरसनले अगाडि भनेका
छन्,‘आईसीसी बोर्डलाई यो विषयमा
अप्रिलमा हुने बैठकमा जानकारी गराइनेछ र
स्थिति यही रहिरहेमा आईसीसी बोर्डले
क्यानको निलम्बनसम्मको कारबाही गर्न
सक्नेछ ।’दुई फरक क्रिकेट बोर्ड अस्तित्वमा
देखिएपछि आईसीसीले गत वर्ष नै अमेरिकालाई
निलम्बन गरेको थियो । अहिले नेपाली
क्रिकेट त्यही स्थितिमा आइपुगेको हो ।
एन्डरसनको पत्रले नेपालले वैशाख २ र ४ गते
नामिबियासँग कीर्तिपुरमा खेल्ने विश्व
क्रिकेट लिग च्याम्पियनसिपको खेल पनि
शंकाको घेरामा छ ।‘क्यान चलायमन नहुने हो
भने नेपालको विश्व क्रिकेट लिग
च्याम्पियनसिपअन्तर्गत नामिबियासँगको
खेल कसरी हुन्छ यो भन्न गाह्रो छ ।
यस
विषयमा आईसीसीले मार्चमा आफ्नो स्पष्ट
धारणा बनाउनेछ,’एन्डरसनको पत्रमा उल्लेख
छ ।
आईसीसीले नेपाललाई सर्तसहित यो खेल
आयोजना गर्न दिएको छ । त्रिवि क्रिकेट
मैदान, कीर्तिपुरको पूर्वाधार निर्माण
सम्पन्नको प्रक्रिया र सुरक्षा प्रत्याभूति
आईसीसीका सर्त हुन् । तर आईसीसीले
पछिल्लो स्थितिमा क्यानको
आधिकारिकतामा प्रश्नै उठाएपछि नेपालले
घरेलु मैदानमा च्याम्पियनसिपका खेल खेल्न
पाउन थप समय कुर्नुपर्ने देखिन्छ । कीर्तिपुर
मैदानको पूर्वाधार स्तरोन्नति गर्न नसकेको
र सुरक्षा प्रत्याभूति दिन नसकेपछि पपुवा
न्युगिनीसँगको खेल नेपालले नोभेम्बरमा
यूएईमा गएर खेलेको थियो । २०१५ देखि
१७ सम्मको च्याम्पियनसिपका ७ खेलमा
नेपालले तीन देशविरुद्धका ६ खेल घरेलु
मैदानमा खेल्न पाउने आईसीसीको तालिका छ
।
एन्डरसनले पत्रमा नेपालले आईसीसीले दिने
२०१४ देखिको ९ लाख डलर सहयोग रकम
रोकिएको पनि जानकारी गराएका छन्
।‘राम्रो सर्वोच्च निकाय, उचित प्रशासन र
आर्थिक व्यवस्थापन प्रणाली कार्यान्वयन
नभएसम्म आईसीसीले दिने सहयोग रकम रोक्का
भइरहने छ,’एन्डरसनले पत्रमा भनेका छन् ।
No comments:
Post a Comment