Sunday, February 21, 2016

तनहुँ अपडेट; तनहुँ जलबिद्युत परियोजनालाई लक्षित गर्दै पक्की पुल निर्माण

तनहुँ हाइड्रोपावर लिमिटेडको आयोजनामा सेतीनदीमाथि रू. ११ करोडको लागतमापक्की पुल निर्माण सम्पन्न भएको छ । व्यासनगरपालिका वडा नं ७ पाटन र काहुँशिवपुर गाविसको वडा नं १ स्थित झापुटार जोड्ने पुल निर्माण भएको हो । उक्त पुलको निर्माण गर्ने जिम्मा पाएको रसुवा कन्स्ट्रक्सन नेपाली कम्पनीले आव ०७०÷७१ मा निर्माण कार्य थालेको र आव ०७२÷७३ मा लक्ष्यअनूरुप निर्माण कार्य सम्पन्न भएको तनहुँ हाइड्रोपावर लिमिटेडका सहनिर्देशक लोकप्रसाद नेपालले बताए । सदरमुकाम दमौली नजिक पक्की पुल नहुँदा बढ्दो सहरीकरण र बस्ती विस्तारले मानिसको आवतजावतमा निकै गाह्रो हुने गरेकामा पुल निर्माणपछि सहज भएको उनले जानकारी दिए । उक्त क्षेत्रमा पक्की पुल निर्माणपछि यातायातका सवारी साधन गुड्दा जिल्लाको दक्षिण भेगमा पर्ने काँहुशिवपुर, भिरकोट, भानुमति, राम्जाकोट, रानीपोखरी, कोटदरबार, भीमाद गाविसलगायतका मानिस प्रत्यक्ष लाभान्वित हुनुका साथै छिमेकी जिल्ला स्याङ्जा, पाल्पा र नवलपरासीका केही गाविसका मानिस पनि लाभान्वित हुने बताइएको छ ।

No comments:

Post a Comment