Saturday, February 13, 2016

नेपाली समाजको तितो यथार्थ पढाई र फट्याँईको तुलना

"हामी बाल्यकालका दुई साथी:- # Confession उ चुरोट खान्छ,म खाँदिन। उ रक्सी खान्छ,म खाँदिन।(खाए पनि लिमिटमा खान्छु :पि ) उ गुण्डागर्दी गर्छ,म गर्दिन। उ हाउडे गफ गर्छ,म गर्दिन। उ गाँजा तान्छ,म तान्दिन। उ घरमा अनेक बहानामा पैसा माग्छ,म माग्दिन। उ चौबिसै घण्टा फेस्बुक चलाउँछ,म चलाउँदिन। उस्को बाईक छ,मेरो छैन। उस्ले slc पास गरेर पढाइ छोड्यो,म अझै पढ्दै छु। समाजले उस्लाई आवारा,गुण्डा,लफ ङ्गा,फटाहा,गँजेडी,चुरोटे अनेक भनेर चिन्छ,तर मलाई???? अँह कसैले चिन्दैन!! चिने पनि फलानोको छोरा,ढिस्कनाको साथी,फलानोको दाइ भनेर चिन्छन्! नराम्रै सहि उस्को समाजमा आफ्नो एउटा बेग्लै स्थान छ बाटो तिर उस्लाई हात मिलाउन र हेलि हाई गर्नै फुर्सद हुदैन,तर म????? मलाई त न हेलो न हाई अस्ति भर्खर कांग्रेसको अधिवेशनमा २लाख कमाएँ भन्थ्यो।। तर के गरि कमायो,कसरी कमायो त मलाई थहा छैन,तर हामी 10-12 जनालाई उसले रेस्टुरेन्ट मा लगेर यहि बहानामा treat खुवायो। उस्लाई अस्तिको नाकाबन्दिमा ग्यास र पेट्रोलले पिरोलेन! नाकाबन्दिको बेलामा ब्ल्याकमा ग्यास र पेट्रोल कति बेच्यो भन्ने लेखाजोखा उ आफै संग छैन! उस्लाई यति तेल उति तेल मिलाईदे भन्नेको लाम हुन्थ्यो!! उस्ले समाजमा आफ्नो वर्चस्व यति जमाईसक्यो कि उस्को बोली टाल्ने समाजमा कोहि हुँदैन!! कता कता मात्र आफ्नो लिंक राखेको छ भन्ने कुरा कसैलाई थहा छैन!! खराबै सहि समाजमा उस्ले बनाएको स्थान देखेर आफुलाई आफ्नै सोझोपना माथी लाज लाग्छ!! अझ केटिको कुरा गर्नुहुन्छ भने उ आफैलाई थहा छैन आज सम्म कति केटि घुमायो र कति संग सुत्यो भनेर,तर आफ्नो त एउटि संग पर्या लप पनि कोपिलैमा मर्यो! उस्कामा फोन आउँदा कस्को फोन?? भन्दा gf को भन्छ अनि फेरि म सोध्छु कताको gf?? उ भन्छ यताको,म भन्छु ए त्यै अस्तिनैको?? उ भन्छ त्यो हैन अहिले नयाँ हो!! हाहा आफै तिनछक पर्छु । उस्ले पढ्दै नपढी लाखौँ कमाउँछ,म पढेर पनि बेरोजगार छु! खोइ जागिर खाँदैन,आफ्नो व्यापार छैन त्यै पनि पैसाको कमिले उस्लाई पिरोलेको खासै याद छैन मलाई चाहे केटि संग मागेर होस् या चाहे घरमा झगडा गरेर उस्ले सधैँ पैसाको जोहो सजिलै गर्छ!! खोइ म सोझोले के गरेँ?? कृपया आफ्नो फेशबुकमा जान यसै पेजको छेउमा देखिएको फेशबुकको लोगोमा क्लिक गर्नुहोला !

No comments:

Post a Comment