छोरा-बुहारी आफ्नो बेडरूममा कुरा गरिरहेका
थिए, ढोका खुल्लै भएको कारण उनीहरुको कुरा
बाहिर कोठामा बसिरहेकी बुढी आमाले पनि
सुनिरहेकी थिईन।
छोरा- हामी आफ्नो जागीरको कारणले गर्दा
आमाको ध्यान राख्न सक्दैनौं, त्यसैले उहाँलाई
बृद्धाआश्रम भर्ती गराईदिउँ "त्यहाँ उनको
हेरचाह पनि हुन्छ र हामी पनि कहिलेकहिँ
भेट्न जाँदै गरौंला। छोराको कुरामा
"बुहारीले जुन जवाफ दिईन, त्यो सुनेर आमाको
आँखाबाट आँसु निस्किए। बुहारी- पैसा
कमाउनको लागि त पूरा जिन्दगी छ हजुर, तर
आमाको आशिर्वाद जति पनि मिलोस् त्यो कम
हुन्छ "उहाँलाई पैसाभन्दा धेरै हाम्रो साथको
जरुरत छ। यदि मैले job गरिन भने पनि धेरै
नोक्सान नहोला,
म आमासँगै बस्छु, बरु घरमै बच्चाहरूलाई ट्युशन
पढाउँछु, जसकारण आमाको हेरचाह पनि हुनेछ।
याद गर्नुस्,
बचपनमै तपाइँको बुवा बित्नुभयो, तपाइँकी
आमाले निक्कै दुख कष्ट सहेर तपाइँको
पालनपोषण गर्नुभयो, तपाइँलाई पढाउनु भयो
लेखाउनु भयो, यत्तिको सक्षम बनाउनु भयो।
त्यतिबेला उहाँले तपाइँलाई कहिल्यै
छिमेकीको भरोसामा छोड्नु भएन, कारण:
तपाइँको हेरचाह उहाँ बाहेक अरु कसैले
राम्रोसँग गर्न सक्दैन्थ्यो।र आज त्यही
आमालाई तपाइँ यस्तो भन्दै हुनुहुन्छ??
तपाइँ जेसुकै भन्नुस्, तर आमा हाम्रो साथमै
रहनुहुनेछ,
सधैं, अन्तिम क्षण सम्म। बुहारीको कुरा सुनेर
आमा रुन थाल्छिन, र रुँदै पुजा कोठामा
पुग्छिन, ईश्वरको अगाडि उभिएर आमा उनको
आभार व्यक्त गर्दै भन्छिन- भगवान, तपाइँले
मलाई छोरी दिनु भएन, यसकारण धेरैपटक मैले
तपाइँको अपमान गरेकी थिएँ, तर..
आज यस्तो लक्ष्मी मेरो घरमा दिनुभयो
"तपाइँको आभार कसरी प्रकट गरुँ? लक्ष्मि
जस्ती बुहारी पाएर मेरो जिन्दगी सफल भयो
भगवान, धेरै धेरै धन्यवाद तपाइँलाई।
मोरल-
सबै बुहारीहरु सासुको विरुद्ध हुँदैनन्, कोहि
समझदार पनि हुन्छन् "जसले आमाको महत्त्व
बुझेको हुन्छन् "त्यस्ता बुहारीहरु लाई मेरो
सलाम।
महत्त्वपूर्ण मोरल-
आमाले जुन गुन लगाएकी हुन्छिन्, त्यो कहिल्यै
तिर्न सकिँदैन "आमाको माया, शितल
ममताको छाँया अनि आमाले उठाएको दुख
...त्यो अमुल्य अनि सदा अमर हुन्छ।
No comments:
Post a Comment