प्रवद्र्धक तनहुँ हाइड्रोपावर लिमिटेडले
प्रस्तावित १४० मेगावाटको तनहुँ
जलविद्युत् आयोजना सन् २०१७ देखि
निर्माण सुरु गरी सन् २०२२ को अन्त्यमा
सम्पन्न गर्ने कार्ययोजना तयार पारेको छ ।
तनहुँले आयोजनाको कार्यतालिका तयारी
गरी आयोजनाको काम निर्धारित समयमा सुरु
गर्न सिभिल, हाइड्रोमेकानिकल र
इलेक्ट्रोमेकानिकलको ठेक्काका लागि ठेकेदार
कम्पनीको पूर्वयोग्यताको छनौट प्रक्रिया
सुरु गरेको छ । पूर्वयोग्यताको काम
सकिएपछि सिभिल, हाइड्रो,
इलेक्ट्रोमेकानिकलको विश्वव्यापी बोलपत्र
आह्वान हुने आयोजनाका प्रबन्ध निर्देशक
सुनीलकुमार ढुङ्गेलले बताए । “यो वर्ष
ठेक्काको सबै काम सकेर अर्को वर्षदेखि
सिभिलको काम थाल्न पूर्वयोग्यता छनौटको
तयारी भएको हो,” उनले भने, “औपचारिक
रूपमा आयोजनाको काम सुरु भएको छ । आगामी
६ वर्षभित्र आयोजना सम्पन्न गर्ने
लक्ष्यसमेत तय गरिएको छ ।” यसअघि सन्
२०२१ मा सम्पन्न गर्ने लक्ष्य लिएकोमा
परामर्शदाता नियुक्तिमा भएको ढिलाइले
आयोजनाको काम १ वर्ष ढिलाइ भएको उनले
जानकारी दिए ।
तनहुँले ३ लटमा आयोजनाको काम अघि बढाउने
तयारी गरेको छ ।जसअनुसार लट १ अन्तर्गत
आयोजनाको बाँधको निर्माण, लट २ मा
हाइड्रो र इलेक्ट्रोमेकानिकल र लट ३ मा
प्रसारणलाइन र सबस्टेसन र १७ गाविसमा
विद्युतियकरणको पूर्वाधार तयारी छ ।
ल्याह्मेयर इन्टरनेसनलले जे पावरले तयार
गरेको विस्तृत इन्जिनियरिङको पुनरावलोकन
र बोलपत्र कागजातहरू तयार गरिरहेको
ढुंगेलले जानकारी दिए । आयोजना निर्माण
अवधि ५ वर्ष भए पनि १ वर्ष कन्टेन्जेन्सी
प्लानअन्र्तगत राखिएको उनले स्पष्ट पारे ।
कार्यतालिकाअनुसार काम अघि बढे
निर्धारित समयमै आयोजनाको काम सम्पन्न
हुने उनको भनाई छ । आयोजनालाई आवश्यक
लगानी जुटिसकेको जानकारी दिँदै ढुंगेलले भने,
“ प्राधिकरणसँग विद्युत् खरिद बिक्री
सम्झौता (पीपीए) र सरकारबाट विद्युत्
उत्पादन अनुमतिपत्र (लाइसेन्स) लिने
प्रक्रियामा छ । आगामी २ महिनाभित्र
तनहुँको लाइसेन्स प्राप्त हुँदैछ ।” ठेक्का
भएपछि मात्र आयोजनाको वास्तविक लागत
निर्धारण हुने भएकाले त्यसपछि मात्र
प्राधिकरणसँग पीपीए हुने भएको छ ।
प्राधिकरणसँग पीपीए गर्न ट्रमसिट पास
भइसकेको छ । पीपीएको दरका विषयमा अझै
छलफल हुन बाँकी रहको उनले बताए ।जलाशययुक्त आयोजना भएकाले पीपीए दर
न्यूनतम् ७ देखि ९ रुपैयाँसम्म पुग्ने उनको
भनाइ छ । यद्यपी आयोजनाको ठेक्का रकम
स्पष्ट भएपछि लागत र प्रतिफल तय भएपछि
मत्र पीपीएको प्रक्रिया अघि बढ्नेछ ।
आयोजना पूर्ण सरकार स्वामित्व भए पनि
आयोजना प्रभावित र सर्वसाधारणलाई सेयर
निष्कासन गर्ने योजना रहेको उनले सुनाए ।
आयोजनाको यकिन लागत तय भएपछि मात्र
सेयर बिक्री गर्ने विषयमा निर्णय लिइने
उनको भनाइ छ ।
आयोजना निर्माणका लागि आवश्यक लगानी
जुटिसकेको छ । आयोजना बनाउन ५५ करोड
अमेरिकी डलर (करिब ५५ अर्ब रुपैयाँ)
लाग्नेछ । यसमा सरकारले ७ करोड डलर र
बाँकी एसियाली विकास बैंक (एडीबी),
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग
(जाईका), युरोपियन इन्भेस्टमेन्ट बैंकले
आयोजनासँग ऋण सम्झौता गरेका छन् । यो
लागत बाँध र प्रसारणलाइनलगायत सबै
संरचनाको निर्माणका लागि हो ।
आयोजनाबाट उत्पादन हुने बिजुली तनहुँबाट
३९ किलोमिटर लामो २२० केभी
प्रसारणलाइनको निर्माण गरी भरतपुर
पुर्याइनेछ । यस्तै आयोजनाले तनहुँका १८
गाविसमा विद्युतीकरणको पूर्वाधार पनि
निर्माण गर्नेछ ।जापानको जे पावरले गरेको संभाव्यता
अध्ययन्ले आयोजनाबाट वार्षिक ६० करोड
युनिट बिजुली उत्पादन हुनेछ । जलाशययुक्त
आयोजना तनहुँले सुख्खायाममा पनि दैनिक ६
घण्टा पूर्ण क्षमतामा र बाँकी समय कम
क्षमतामा विद्युत् उत्पादन गर्ने छ ।
सरसकारसँगको सम्झौताअनुसार आयोजनाको
ठेक्का सम्झौतालगायत अन्य कामको जिम्मा
लगानीकर्ता एडीबी र जाइकाले लिनेछन् ।
यस्तै परामर्शदाता ल्याह्मेयरले १ वर्ष
बोलपत्र तयारी, ६ वर्ष आयोजना निर्माण
र ५ वर्ष सञ्चालन गरी १२ वर्षसम्म काम
गर्ने सम्झौतामा उल्लेख छ । सुख्खायामको
विद्युत् माग पूरा गर्न सरकारले तनहुँ
आयोजना बनाउने तयारी गरेको हो ।
आयोजना बनाउन प्राधिकरणअन्र्तगत सहायक
कम्पनी गठन गरिएको छ ।
No comments:
Post a Comment