Friday, February 26, 2016

ब्यास ६ साँगे तनहुँमा खप्पर नभएको अचम्म किसीमको बालकको जन्म

तनहुँ व्यास नगरपालिका ६ साँगे कि ३५ वर्षिय मनमाँया थापाले आइतबार साँझ दुनियालाई विचित्र र चिकित्सा विज्ञानलाई चुनौती दिने गरी नौलो बच्चा जन्माएकी छिन् । बिना शल्यक्रिया सामान्य तरिकाले जन्मिएको बच्चाको टाउकाको खप्पर देखिदैन भने दाहिने हातको समेत विकास भएको छैन । मुख खुँडे र दाहिने खुट्टा समेत सामान्य देखिदैन । खप्परको विकास नभएको , दाहिने हात नभएको, मुख खुँडे भएको र दाहिने खुट्टा भिन्न भएको अचम्मको वच्चा जन्मिदा छोराको चाहनामा तेश्रो वच्चा जन्माएका मनमाँया र उनका श्रीमानलाई सपना हो वा विपना छुट्टयाउन नै कठिन भयो । सुत्केरी वेथा लागिसकेपछि दमौलीको अस्पतालमा पुगेकी मनमायालाई पोखरा रिफर गरेको मनमायाँका श्रीमान जस थापा वताँउछन् । छोराको रहरले तेश्रो वच्चा जन्माईयो, छोरा त जन्मियो तर मनमा खुशी भएन भन्छन बच्चाका बाबु जस थापा । “दुई छोरी अस्पताल नै नलगी हुर्के त्यही सोचेर कुनै अस्पताल नै गईएन, जन्मदा यस्तो जन्मियो भन्छन थापा” अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट तथा बालरोग विशेषज्ञ डा. श्रीकृष्ण श्रेष्ठले यस्तो नौलो वच्चा अस्पतालमा पहिलो पटक जन्मिएको वताए । चिकित्सा भाषमा ए क्यालबारिया भनिने यो अवस्था वंशाणुगत गुण, गर्भवती भएको समयमा आमाले विषदीयुक्त खानेकुरा खाँदा, विकिरणको प्रभावको कारण हुने भन्दै डा.श्रेष्ठले गर्भवती महिलालाई फोलिक एसिड नामक औषधीको कमीले पनि यस्तो हुनसक्ने बताए । पश्चिमाञ्चल क्षेत्रिय अस्पताल, बालरोग विभागका प्रमुख रामचन्द वाँस्तोलाले अत्यन्त नौलो वच्चा जन्मिएको बताँए । बच्चा गर्भमा रहँदा फोलिक एसिड तत्व कम हुँदा वच्चाको मष्तिस्क विकास हुन नसक्ने भन्दै डा. बास्तोलाले यस्ता बच्चाहरु सामान्य हुन नसक्ने बताँए । संसारमै न्यूनमात्रमा जन्मिने यस्ता प्रकृतिका वच्चाहरु लामो समय सम्म वच्न नसक्ने बताँउछन उनी । बच्चाको उपचार अस्पतालले निशुल्क गरेको समेत डा.वाँस्तोलाले जानकारी गराए । धेरै थरिका असमान्य वच्चा देखेको भएपनि खप्पर नभएको वच्चा भने कहिल्यै नदेखेको अनुभव सुनाउछिन पश्चिमाञ्चल क्षेत्रिय अस्पताल एनआईसियू यूनिटकी नर्सिङ ईन्चार्ज सावित्री तिवारी । नियमित गर्भवती जाँच गराएको भए यस्तो समस्या देखिने थिएन भन्छिन तिवारी । असमान्य प्रकृतीको वच्चाको तौल भने ३.३५ केजीको रहेको छ । एनआईसि यू मा राखिएको भएपनि कुनै औषधी प्रयोग नगरिएको अस्पताले जनाएको छ । वच्चालाई नसावाट केवल ग्लुकोज पानी मात्र दिईएको जनाईएको छ ।

No comments:

Post a Comment