मिर्लुङ्गकोट पर्यटन महोत्सव-२०७२ हुने

दमौली, ३० फागुन
तनहुँको मिर्लुङ्ग गाउँ विकास समिति
स्थित ऐतिहासिक एवं प्राकृतिक मनोरम
दृष्यले भरिपूर्ण मिर्लुङ्गकोटमा दोश्रो
मिर्लुङ्गकोट पर्यटन महोत्सव-२०७२
हुने भएको छ । मिर्लुङ्गकोट पर्यटन
सूचना केन्द्र निर्माण उपभोक्ता समिति
मिर्लुङ्ग-४ तनहुँले शनिबार दमौलीमा
पत्रकार सम्मेलन गरी चैत्र १७, १८ र
२९ गते महोत्सव सञ्चालन गरिने
जानकारी गराएको छ ।
"पहाडकी महारानी मिर्लुङ्गकोट
दोश्रो मिर्लुङ्गकोट पर्यटन
महोत्सव-२०७२", "हिमाल झल्किरहेछ,
कोइली बोलाइरहेछ, हाँसीरहेछ
लालीगुराँस, हेर्न जाउँ, घुम्नजाउँ दोश्रो
मिर्लुङ्गकोट पर्यटन महोत्सव" भन्ने
नाराका साथ पर्यटन महोत्सव सञ्चालन
गर्न लागिएको महोत्सवका संयोजक
सुशिलचन्द्र भण्डारीले जानकारी
गराएका छन् ।
मिर्लुङ्गकोट पर्यटन सूचना केन्द्र तथा
पर्यटन पैदल मार्ग तनहुँ, लमजुङ्ग,
कास्कीको संयुक्त आयोजनामा
मिर्लुङ्गकोटको रानीपोखरीमा
सञ्चालन गरिने महोत्सवको साँस्कृतिक
पर्यटन तथा नागरिक उडड्यन मन्त्री
आनन्दप्रसाद पोख्रेलले उद्घाटन गर्ने
संयोजक भण्डारीले बताएका छन् ।
उक्त महोत्वमा पर्यटन विकाससम्बन्धी
अन्तरक्रिया, मावि स्तरीय दुइ हजार
मिटर छात्र दौड प्रतियोगिता, विविध
साँस्कृतिक कार्यक्रम, साँस्कृतिक झाँकी
प्रदर्शनी, प्याराग्लाईडिङ् ग,
धार्मिक एवं ऐतिहासिक स्थलको भ्रमण
तथा दर्शन, कृषि, जडिबुटी, साँस्कृतिक
ग्राम प्रदर्शनी लगायतका मुख्य
आकर्षाहरु रहेको आयोजकले बताएको छ ।
त्यस्तै, महोत्सव स्थलमा ५० वटा
व्यापारीक स्टल रहनुका साथै ताजा
तरकारी तथा कृषिजन्य वस्तुको खरिद
बिक्री, स्थानीय जडिबुटी, कन्दमुलको
खरिद बिक्री, स्थानीय खानका
परिकारहरु, स्थानीय तथा राष्ट्रिय
कलाकारहरुद्वारा साँस्कृतिक
कार्यक्रम प्रस्तुत लगायतका थप
आकर्षाहरु रहने बताइएको छ । महोत्सव
अबधि भर करिब ५० हजार दर्शकले
अवलोकन गर्नुका साथै १४ लाख रुपैयाँ
बराबरको आम्दानी र १२ लाख ४४
हजार रुपैयाँ बराबरको आम्दानी गर्ने
आयोजकले लक्ष्य लिइएको छ।
तनहुँ, लमजुङ्ग, कास्की जिविस, मिर्लुङ्ग
पर्यटन पैदल मार्गमा पर्ने गाविस, तनहुँ
उद्योग वाणिज्य संघ, स्थानीय आमा समूह
तथा वन उपभोक्ता समिति लगायत
सहयोगी रहेको उक्त महोत्सव
सञ्चालनका लागि १ सय ५१ सदस्यीय
मूल आयोजक समिति गठन गरिएको
बताइएको छ ।

दमौली, ३० फागुन
तनहुँको मिर्लुङ्ग गाउँ विकास समिति
स्थित ऐतिहासिक एवं प्राकृतिक मनोरम
दृष्यले भरिपूर्ण मिर्लुङ्गकोटमा दोश्रो
मिर्लुङ्गकोट पर्यटन महोत्सव-२०७२
हुने भएको छ । मिर्लुङ्गकोट पर्यटन
सूचना केन्द्र निर्माण उपभोक्ता समिति
मिर्लुङ्ग-४ तनहुँले शनिबार दमौलीमा
पत्रकार सम्मेलन गरी चैत्र १७, १८ र
२९ गते महोत्सव सञ्चालन गरिने
जानकारी गराएको छ ।
"पहाडकी महारानी मिर्लुङ्गकोट
दोश्रो मिर्लुङ्गकोट पर्यटन
महोत्सव-२०७२", "हिमाल झल्किरहेछ,
कोइली बोलाइरहेछ, हाँसीरहेछ
लालीगुराँस, हेर्न जाउँ, घुम्नजाउँ दोश्रो
मिर्लुङ्गकोट पर्यटन महोत्सव" भन्ने
नाराका साथ पर्यटन महोत्सव सञ्चालन
गर्न लागिएको महोत्सवका संयोजक
सुशिलचन्द्र भण्डारीले जानकारी
गराएका छन् ।
मिर्लुङ्गकोट पर्यटन सूचना केन्द्र तथा
पर्यटन पैदल मार्ग तनहुँ, लमजुङ्ग,
कास्कीको संयुक्त आयोजनामा
मिर्लुङ्गकोटको रानीपोखरीमा
सञ्चालन गरिने महोत्सवको साँस्कृतिक
पर्यटन तथा नागरिक उडड्यन मन्त्री
आनन्दप्रसाद पोख्रेलले उद्घाटन गर्ने
संयोजक भण्डारीले बताएका छन् ।
उक्त महोत्वमा पर्यटन विकाससम्बन्धी
अन्तरक्रिया, मावि स्तरीय दुइ हजार
मिटर छात्र दौड प्रतियोगिता, विविध
साँस्कृतिक कार्यक्रम, साँस्कृतिक झाँकी
प्रदर्शनी, प्याराग्लाईडिङ् ग,
धार्मिक एवं ऐतिहासिक स्थलको भ्रमण
तथा दर्शन, कृषि, जडिबुटी, साँस्कृतिक
ग्राम प्रदर्शनी लगायतका मुख्य
आकर्षाहरु रहेको आयोजकले बताएको छ ।
त्यस्तै, महोत्सव स्थलमा ५० वटा
व्यापारीक स्टल रहनुका साथै ताजा
तरकारी तथा कृषिजन्य वस्तुको खरिद
बिक्री, स्थानीय जडिबुटी, कन्दमुलको
खरिद बिक्री, स्थानीय खानका
परिकारहरु, स्थानीय तथा राष्ट्रिय
कलाकारहरुद्वारा साँस्कृतिक
कार्यक्रम प्रस्तुत लगायतका थप
आकर्षाहरु रहने बताइएको छ । महोत्सव
अबधि भर करिब ५० हजार दर्शकले
अवलोकन गर्नुका साथै १४ लाख रुपैयाँ
बराबरको आम्दानी र १२ लाख ४४
हजार रुपैयाँ बराबरको आम्दानी गर्ने
आयोजकले लक्ष्य लिइएको छ।
तनहुँ, लमजुङ्ग, कास्की जिविस, मिर्लुङ्ग
पर्यटन पैदल मार्गमा पर्ने गाविस, तनहुँ
उद्योग वाणिज्य संघ, स्थानीय आमा समूह
तथा वन उपभोक्ता समिति लगायत
सहयोगी रहेको उक्त महोत्सव
सञ्चालनका लागि १ सय ५१ सदस्यीय
मूल आयोजक समिति गठन गरिएको
बताइएको छ ।
No comments:
Post a Comment